एक्सन र थ्रिलले भरिपूर्ण ‘रणवीर’को टिजर

चलचित्र ‘रणवीर’को टिजर सार्वजानिक गरिएको छ । एक्सन र थ्रिलले भरिपूर्ण टिजरमा मुख्य दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल र बदलाको भावनालाई चित्रण गरिएको छ ।
अघिल्ला सिनेमाको तुलनामा सुशील सिटौलाको गेटअप ‘रणवीर’मा फेरिएको छ । उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । चलचित्रमा प्रशान्त ताम्राकार नेगेटिभ क्यारेक्टरमा देखिएका छन् ।
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा कथा, पटकथा र संवाद पनि भण्डारीकै हो । सुशील र प्रशान्तका अलवा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।
चलचित्रमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
Latest Updates
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
-
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak