‘रणवीर’ को गीत ‘मान्न चाहन्न’ सार्वजनिक

चलचित्र ‘रणवीर’ को नयाँ गीत ‘मान्न चाहन्न’ सार्वजनिक भएको छ । स्याड भर्सनको नयाँ गीतमा मुख्य कलाकार सुशील सिटौलाको पात्रको प्रेम वियोगलाई देखाइएको छ । सुपुस्पा भट्टको पात्रले सुशीलको पात्रको प्रेमलाई स्वीकार नगर्दाको अवस्थालाई यो गीत चित्रण गरिएको छ । सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने शब्द र संगीत हर्कुलसकै रहेको छ ।
सुपुष्पाले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेकी हुन । उनीसँगै २०१२ की मिस इन्टरनेशनल नेपालको टाइटल बिजेता सुवेक्षा खड्काले पनि अभिनयामा डेव्यु गरेकी छिन । शुशिल, सुपुष्पा र सुवेक्षाका अलवा चलचित्रमा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal