Mansara

‘रणवीर’को ‘ढुकु रान्चडी’ सार्वजनिक

२०७५ माघ २३
‘रणवीर’को ‘ढुकु रान्चडी’ सार्वजनिक

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’मा समावेश देउडा भाका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘ढुकु रान्चडी’ बोलको गीतको ओर्जिनल भर्सन देउडा गायक नरेन्द्र राज रेग्मीको हो । भने यसको अमित श्रेष्ठले रिमेक गरेका हुन् । यो गीतमा अमित श्रेष्ठको संगीत, हर्क साउँद र अमित श्रेष्ठको शब्द तथा प्रताप दास, चक्र बम र सतिसको स्वर छ । गीतको भिडियोमा सुरेश वसेलको कोरियोग्राफी हेर्न पाइन्छ । सुदुरपश्चिमको देउडा भाकामा सुशिल सिटौला र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ ।

प्रेम, विछोड, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिए चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । पहिलो चलचित्रबाट नै गोबिन्द नेपाली चलचित्रमा सम्भावनाका प्रशस्त संकेतहरु छोड्न सफल भएका छन् । प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा सुशिल र सुपुष्पाका अलवा प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भाट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । औषत व्यापार गरिरहेको चलचित्रले दर्शक, चलचित्रकर्मी र सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Mahajatra