‘रंगी’को मध्यपूर्व र मलेशिया अधिकार बिक्री
छायाँकनरत् चलचित्र ‘रंगी’को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । चलचित्रको मध्यपूर्व र मलेशिया अधिकार आशिष इन्टरटेनमेन्टले किनेको हो । निर्माण पक्षले के–कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको छ । सुरेश न्यौपानेको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतको अभिनय छ ।
सक्षम सुवेदीको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाँकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
