लण्डनमा प्रदर्शन हुँदै ‘रंगी’

२०८२ बैशाख २१
लण्डनमा प्रदर्शन हुँदै ‘रंगी’

चलचित्र ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ । महारानी प्रोडक्सनले मे ९ तारिख देखि लण्डनका २७ वटा हलमा चलचित्र प्रदर्शन गर्न लागेको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले लण्डनमा प्रदर्शनका लागि चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको जनाएका छन् ।

सुरेश न्यौपानेको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ । अभिनेता बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रले बाबुछोरीबीचको कथा भनेको छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको लगानी रहेको छ । चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।