२६ दिनमा चलचित्र ‘रंगी’को छायांकन पुरा
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रंगी’को छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पुरा भएको हो ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । ३० दिनको समय तालिका लिएर छायांकनमा गएको चलचित्र निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप भएको हो ।
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ ।सक्षम सुवेदीको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
