रङ्गेली वासीको आपत्ति पछि परिवर्तन गरियो ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम
चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नामबाट ‘ग्याङ्स्टर्स’ हटाइ ‘रङ्गेली’मात्र कायम गरिएको छ । निर्माण टिमले सोमबार एक वक्तब्य जारी गर्दै नाम संसोधन गरिएको जानकारी दिएको हो ।
मोरङ जिल्लाको रङ्गेलीमा चलचित्रको छायाङ्कन हुने भएपछि त्यहाँका स्थानीयले ‘रङ्गेली ग्याङ्स्टर्स’ प्रति आपत्ति जनाएका थिए । सोही कारण नाम परिवर्तन गरिएको जनाइएको छ ।
नाम परिवर्तन सँगै चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । चलचित्र महाशिवरात्रीको अवसरमा फागुन २५ गतेबाट प्रदर्शन हुने जनाइएको छ । दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
