‘कुम्भ’ मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्दै रन्धिर
लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’को औपचारिक घोषणा गरिएको छ ।
एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’को फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा चलचित्र ४ मुख्य पात्रलाई स्थान दिइएको छ । एक जना मुख्य पात्र घोडामा सवार छन् ।
नवनायक अशोक आर्यन, बरिस्ट अभिनेता सुनिल थापा, बरिस्ट अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा चलचित्रमा अनुबन्धित भइ सकेका छन् । चलचित्रको लागी मुख्य नायिकाको खोजी भइ रहेको निर्माण टिमले बताएको छ ।
चलचित्र चैत दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा रहेको छ । रन्धिर श्रेष्ठकै छायांकन रहने यस चलचित्रमा द्वन्द सम्राट बस्नेतको रहनेछ । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको चलचित्रको सह निर्माता ध्रुवराज पराजुली रहेका छन् । इश्वर बल्लभ उप्रेती चलचित्रका कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
