‘रमिता को पिरति’को टिजर सार्वजनिक
चलचित्र ‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले चलचित्रले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।
उनका अलवा टिजरमा धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको उपस्थिति देख्न सकिन्छ । लोकप्रिय गायक समिर श्रेष्ठले यसै चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।
टिजर हेर्दा चलचित्र केही फरक लाग्छ । एक यूवतीको मनोविज्ञानलाई चलचित्रले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । यो चलचित्र विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ, र झनै रोचक कुरा चलचित्रलाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्।
चलचित्र माघ २३ मा सार्वजनिक हुँदैछ। चलचित्रका निर्माता सागर लम्साल हुन् । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
