झण्डै ८ वर्ष पछि अभिनयमा फर्कदै रमेश
‘ऐश्वर्य’ रिलिजको झण्डै ८ वर्ष पछि अभिनेता रमेश उप्रेती चलचित्र अभिनयमा फर्कने भएका छन् । उनी परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित भएका हुन् । बुधबार चलचित्रको मुख्य पात्र मध्ये एकमा रमेशसँग लिखित सम्झौता भएको जानकारी दिइएको हो ।
रमेशकै निर्माण तथा अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ २०१७ अक्टोबर २६ (२०७४ कार्तिक ९)मा प्रदर्शन भएको थियो । त्यसयता उनले अभिनय गरेका कुनै पनि चलचित्र रिलिज भएका छैनन् । गत वर्ष रमेशले ‘कोतपर्व’ र ‘राजमहल’ गरि दुई चलचित्रमा सम्झौता गरे पनि निर्माण हुन सकेनन् ।
फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रमा निर्देशक सेनकै को लेखन रहेको छ । विराज बिष्टको प्रस्तुति रहने चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

