‘राम नाम सत्य’को मुहूर्त, विराजको एक्शन लूकसहित पोस्टर सार्वजनिक
विराज भट्टको मुख्य भूमिका रहने चलचित्र ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो ।
माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र एक्सन प्रधान हुनेछ । कोरियोग्राफरका रुपमा स्थापित माइकलको यो डेब्यु चलचित्र हो । चलचित्रको छायाँकन केही दिनमा काठमाडौंबाट सुरु हुने जानकारी दिइयो । चलचित्रमा विराज सहित सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डिसी लगायतको अभिनय रहनेछ । उपेन्द्र शाही र श्वेता विमलीको निर्माता रहेको चलचित्रमा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्मातामा छन् ।
चलचित्रको मुहूर्त सँगै एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेबाट प्रदर्शन मिति समेत घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विराज भट्टलाई प्रस्तुत गरिएको छ । पोष्टरमा उनी एङ्ग्री अवतारमा देखिएका छन् । उनको एक्सन छवि पोष्टरमा प्रष्ट झल्किएको छ ।
निर्देशक चन्द स्वयंको लेखन रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । मोती कार्की क्रियटिभ निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर राजेन्द्र आचार्य हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
