‘राम नाम सत्य’मा सुशील, विराजसँगै देखिने
चलचित्र ‘राम नाम सत्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँग औपचारिक सम्झौता गरेको हो । सम्झौता पछि उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताए ।
माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्रमा यसअघि अभिनेता विराज भट्ट अनुबन्ध भइसकेका छन् । चलचित्रमा विराज र सुशील दुवै एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । दुई पुस्ताका यि एक्सन नायक पहिलो पटक एकसाथ पर्दामा देखिदैछन् ।
निर्देशक चन्दको कम्पनी माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुने चलचित्रका लागि नायिकाको खोजी भइरहेको जनाइएको छ । चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डा. डी. आर. उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् ।
दर्जनैं म्यूजिक भिडियोका सफल निर्देशक चन्दले यसै चलचित्रबाट ठूलो पर्दामा डेब्यु गर्दैछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
