सगरमाथा आरोही गायक लामालाई भव्य स्वागत
सगरमाथाको सफल आरोहण गरेर फर्किएका लोकप्रिय गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । गायक लामालाई फूलमाला तथा अबिर लगाएर भव्य स्वागत गरिएको हो ।
गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँशु झरेको प्रतिक्रिया दिएका छन् । ‘जलवायू परिवर्तनको विषयमा सन्देश दिन मैले सगरमाथाको आरोहण गरेको हुँ । कार्वनको उत्सर्जन घटाउने मेरो सन्देश हो । यसपटक मैले ७ हजार ९ सय मिटरमा कन्सर्ट पनि गरेँ ।’
उनले यूवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा आरोहण गरेको बताए । जलवायू परिवर्तनको विषयमा यूवाहरु सजग हुन आवश्यक रहेको भन्दै गायक लामाले टुप्पोमा पुग्न सकेको भन्दै खुशी व्यक्त गरे ।
गायक लामाले विश्वकै अग्लो स्थानमा पुग्ने सपना धेरैको हुने तर कम मात्र मानिसहरु पुग्न सक्ने बताउँदै भने –‘विश्वकै अग्लो स्थानमा चढ्ने काम सजिलो नभएपनि मलाई च्यालेञ्ज मनपर्ने भएकाले मैले यो साहसिक काम हाँसी हाँसी पुरा गरें ।’
गायक लामाले आफ्नो मनमा टुप्पोमा पुग्न सक्छु कि सक्दिनँ भन्ने डर रहेको भए पनि भगवानको कृपाले सफलतापूर्वक आरोहण गर्न सकेको बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
