१ सय १३ प्राबिधिकलाई राजेश हमालको आर्थिक सहयोग, प्रति व्यक्ति ५ हजार
महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राबिधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । हमालले प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख ६५ हजार सहयोग गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि सरकारले चैत्रमा लकडाउन गरेपछि चलचित्र क्षेत्र ठप्प छ । हाल सम्म पनि चलचित्रको छायाँकन नहुँदा सयौं प्राबिधिकहरु मारमा परेका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिदै हमालले सहयोग रकम उपलब्ध गराएका हुन् ।
चलचित्र प्राबिधिक संघले छनौट गरेका दैनिक गुजारा चलाउन धौं धौं भएका प्राबिधिकहरुलाई उत्त रकम सहयोग गरिएको हो ।

राजधानीको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए । उनले, यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे ।
नायक हमालले देश बाहिर रहेका आफ्ना केही साथीहरुको समेत यसमा सहयोग रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


