चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘राजागंज’को सेन्सर पास भएको छ । बुधबार दिउँसो सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । सामाजिक सञ्जालमा चलचित्रकर्मीले चर्को बिरोध जनाएपनि बोर्ड गलेन । अन्ततः निर्माता पक्ष बोर्डले दिएका सबै निर्देशनहरु पुरा गर्ने सहमत भएपछि सेन्सर पास भएको हो ।
बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘झरेका आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समेटेकोमा आपत्ति जनाउँदै सच्चाएर ल्याउन वा प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन निर्देशन दिएको थियो । यस्तै अन्य केही शब्दमा पनि बोर्डले आपत्ति जनाएको थियो । निर्माण टिम चलचित्रबाट केही दृष्य हटाउन तथा केही शब्द म्युट गर्न तयार भएको बुझिएको छ ।
सेन्सर पास भएपछि यतिबेला काठमाडौं प्रिमियर जारी छ । यद्यपी सेन्सर अघि नै विर्तामोड, इटहरी, चितवन जस्ता सहरमा प्रिमियर गरिएको थियो ।
दीपक रौनियार निर्देशित चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
