दिपकको ‘राजागन्ज’मा दयाहाङ्ग र निकिता

सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी ‘राजागन्ज’बाट पुनः चलचित्रमा फर्किन लागेकी हुन् । चलचित्रलाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् ।
रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए । यस्तै यो चलचित्रलाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो । चलचित्रलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् ।
चलचित्रमा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो चलचित्रलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । चलचित्रमा निकिताका अलवा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । चलचित्रमा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ ।
यसै चलचित्रबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू चलचित्र क्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन् ।
आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने चलचित्रको सुटिङ जुलाइ २८ देखि सुरु हुनेछ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal