चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक

चलचित्र ‘राजागंज’ (पूजा सर)को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले २०७२ सालमा नयाँ संविधान जारी भएपश्चात त्यसको विरोधमा मधेशमा भएको हिंसात्मक आन्दोलनको सेरोफेरोको कथा भनेको संकेत दिएको छ । निर्देशक दीपक रौनियारले चलचित्रको कथा सन् २०१५ को परिवेशमा आधारित रहेको जानकारी दिए ।
निर्देशक रौनियारकै लेखन रहेको चलचित्रको ट्रेलरमा मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरीको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती ट्रेलरमा बढी हावी छिन् ।
कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै सबैभन्दा ठूलो चलचित्र रहेको बताए । उनले चलचित्रको कथा सन् २०१५ को परिवेशमा आधारित रहेको जानकारी दिए ।
चलचित्रमा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ । केही अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा प्रसंसा पाएको चलचित्र नेपालमा भने चैत १ गतेबाट प्रदर्शन हुनेछ ।
आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ तथा तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगनले चलचित्र निर्माण गरेका हुन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको चलचित्रका कार्यकारी निर्माता बलिउड निर्देशक अनुराग कश्यप हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal