चलचित्र ‘जय हो’को ‘राजा–रानी’ सार्वजनिक

भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’को गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । प्रेमभावको गीतमा सागर आले मगर र सदिक्षा कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।
गीत रिलिज सकेर सलोन आज नै अष्ट्रेलिया जाँदै छन् । अष्ट्रेलिया चलचित्र रिलिजका लागि सलोन त्यसतर्फ लागेका हुन् । टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचिमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal