‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा गर्भवती महिलाले आफ्नो श्रीमानको खोजी गर्ने क्रममा आउने उतार चढावलाई देखाइएको छ ।
चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । यस्तै दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिनेछन् ।
सुवर्ण थापा निर्देशित चलचित्रलाई निर्देशक थापा र अभिनेता मल्लले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung