टाइप काष्टबाट मुक्त हुन चाहेका रबिन्द्र
चलचित्र ‘जात्रा’ रिलिज भएपछि ‘मुन्ना’ पात्रबाट अभिनेता रविन्द्र झा नेपाली दर्शकमाझ लोकप्रिय बने। यस चलचित्रबाट प्राप्त लोकप्रियताले उनको व्यस्तता नेपाली चलचित्रमा धेरै छ । निरन्तर पाइरहेको कामबाट उनी सन्तुष्ट त छन् तर एक्कै खाले भूमिकाले उनी ‘दिक्क’ पनि छन्।
सोमबार राजधानीमा ‘जात्रा’ चलचित्रको तेश्रो सिक्वल ‘महाजात्रा’ले आयोजना गरेको पत्रकार भेटघाटमा उनले उस्तै खाले भूमिका रहर नभएर बाध्यता भएको गुनासो व्यक्त गरे ।
‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । उनले भने ‘दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रुप दिन खोजेर देखिदा केहीमा टाइप कास्ट देखिएँ ।’
आफूमाथि ‘रिस्क’ लिने निर्देशक हुँदा यस्तो भएको उनको बुझाइ छ । चलचित्रमा उनको समानन्तर भूमिका रहेका अर्का अभिनेता तथा यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले झाको भनाइमा समर्थन जनाए । उनले रविन्द्र झाको भर्सटायल अभिनय क्षमताबाट आफू प्रभावित बनेको र फ्यान नै नभएको बताए । रविन्द्रले आफू चुनौतीपुर्ण भूमिकाका लागि तयार रहेकाले आफूमाथि खतरा मोल्न आग्रह गरे ।
यस्तै ‘महाजात्रा’मा खलनायकको भूमिकामा रहेका वरिष्ठ अभिनेता हरिवंश आचार्यले ‘जात्रा’ चलचित्रमा झाले आफ्नो पावरका कारणमात्र चलचित्र खेल्न राजी भएको खुलासा गरे । उनी एन्टिना फाउन्डेसनमा डाइरेक्टर रहेका बखत निर्देशक प्रदिप भट्टराईको आग्रहमा झालाई कार्यालयबाट बिदा मिलाएर चलचित्रमा खेलाएको खुलासा गरे ।
रविन्द्रले ‘महाजात्रा’ रमाइलोसँगै संदेशमुलक बनेको उनले बताए । ‘चलचित्रले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । यो चलचित्रमा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने, ‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’
चलचित्र चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
