‘एक्लो’मा यस्तो देखिइन बेनिशा, ‘क्वीन मारा’को भूमिका
चलचित्र ‘एक्लो’ निर्माण टिमले अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । नेपालको पहिलो ‘साइन्स फिक्सन’ चलचित्रको पोस्टरमा उनलाई ‘क्वीन मारा’को रुपमा चिनाइएको छ ।
बेनिशाले पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘एक्लो’की ‘रानी मारा’लाई भेट्नुहोस् । बाँच्ने अटल इच्छाशक्तिका साथ पुनर्जन्म । उनी केवल आफ्नो लागि लडिरहेकी छैनन्, उनीसँग एउटा उद्देश्य छ, जसले सबै कुरा परिवर्तन गर्नेछ ।’
चलचित्रमा पुनर्जन्म भएको पात्रको भूमिकामा रहेकी बेनिशा पोष्टरमा शान्त भावमा देखिएकी छिन । उनको पहिरन र अनुहारमा रगत पोतिएको छ भने आँखाको वरिपरि सेतो रंगले मास्कको आकृति बनाइएको छ ।
प्रदीप शाहीको निर्देशन रहेको चलचित्रमा बेनिशासहित बेलायती अभिनेता जेमी बेकन, प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ, स्योन सविक सिंह लगायतको अभिनय छ ।
लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको चलचित्रलाई आगामी तिहारमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ । चलचित्रका निर्माताहरु राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
