दरबार मार्गमा क्युएफएक्सको नयाँ हल, ‘क्यूएफएक्स दरबार मल’ छिट्टै सञ्चालन हुने
चलचित्र प्रदर्शनमा आक्रामक बनिरहेको क्युएफएक्सले काठमाडौंको दरबार मार्गमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । दरबार मार्ग स्थित दरबार मलमा ‘क्यूएफएक्स दरबार मल’ नाममा चलचित्र हल सञ्चालनमा आउने भएको हो ।
गुण ग्रुपले दरबार मलमा निर्माण गरेको दरबार सिनेम्याक्समा उक्त हल सञ्चालन गर्न लागिएको हो । मलका प्रबन्ध निर्देशक दिप्रश शाक्य र क्वेष्ट प्रालिका तर्फबाट सीइओ रोशन अडिगाले एक्युएफएक्स फ्रेन्चाइज सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सँगै हलको नाम ‘क्यूएफएक्स दरबार मल’ रहने गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले जनाएका छन् ।
गुण ग्रुप आफैले सञ्चालन गर्ने गरि हल तयारी गरिएको थियो । यद्यपी यतिबेला क्युएफएक्सको फ्रेन्चाइजका लागि सहमति भएको हो । मलमा दुई वटा अडिटोरियम रहने छ । एउटाको सिट क्षमता ५५ हुने छ भने अर्कोको ५० हुनेछ । भिआइपी एरियाको रुपमा परिचित दरबार मार्गमा बन्न लागेको हल अत्याधुनिक रहने जनाइएको छ । हलको निर्माण सम्पन्न भइसकेकोले केही सातामै हल सञ्चालनमा आउने छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri