‘पुष्पलता’ निर्माणको घोषणा, निर्देशनमा डेब्यु गर्दै निउरे
चलचित्र ‘पुष्पलता’ निर्माणको घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारी घोषणा गरिएको चलचित्रलाई सुनील निउरेले लेखन तथा निर्देशन गर्नेछन् ।
थुप्रै चलचित्रमा सहायक निर्देशक तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु चलचित्र हो । लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रका कलाकार भने सार्वजनिक गरिएको छैन ।
ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा संजोग रसाइली कास्टिङ डाइरेक्टरका रुपमा छन् । चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । चलचित्रको छायाँकन आगामी भदौबाट सुरु गरिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
