५ वटा अन्तराष्ट्रिय फ्लाइटमा यात्रा गर्दा ‘राजागञ्जः पूजा सर’ हेर्न पाइने
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्जः पूजा सर’ विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्समा स्ट्रिमिङ हुन थालेको छ । निर्माण कम्पनी आदी फिल्मस्की अध्यक्ष तथा अभिनेत्री आशा मगरातीका अनुसार चलचित्र कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा तथा स्वीस एयरलाइन्समा स्ट्रिमिङ हुन थालेको हो । अब यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले आकाशमै यो चलचित्र हेर्न पाउने छन् ।
भेनिस फिल्म फेस्टिभलमा प्रीमियर चलचित्रले बुसान, टालिन ब्ल्याक नाइट्स, गोथेबर्ग, सेलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जनौं प्रतिष्ठित महोत्सवमा उपस्थिति जनाएको थियो। नेपालको बक्स अफिसमा भने चलचित्र सफल हुन सकेन ।
ग्लोबल इन–फ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले ‘राजागञ्जः पूजा सर’ को अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरिरहेको हो । निर्माण स्रोतका अनुसार, यो कम्पनीले राजागञ्जको अन्तर्राष्ट्रिय इन–फ्लाइट वितरण अधिकार भेनिसमै किनेको थियो । फिल्मको थियेट्रिकल विन्डो अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरणको काम प्रारम्भ भएको हो ।
जनकपुरमा खिचिएको राजागञ्जः पूजा सर सत्य घटनाबाट प्रभावित छ । क्राइम थ्रिलर जनराको चलचित्रले दुई बच्चाको अपहरणको मुद्दा अनुसन्धान र बच्चाको सुरक्षित रेस्क्यु अपरेसनका लागि काठमाडौंबाट पठाइएकी डिटेक्टिभ इन्स्पेक्टर पूजा थापालाई पछ्याउँछ ।
पूजा थापाको भूमिकामा आशा मगराती छिन्, जसले भर्खरै अमेरिकाको स्यान डिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । मगराती बाहेक, यो फिल्ममा निकिता चाण्डक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा, आरती मण्डल, गौमाया गुरूङ, पशुपती राई, घनश्याम मिश्रा र निरज श्रेष्ठहरूको अभिनय देख्न पाइन्छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
