पुजालाई दिए आकाशले सुरक्षा !
दर्शक बिच यसरी घेरिए कलाकार
गौरा पर्वको अवसर पारि चलचित्र रामकहानीको प्रमोशनका लागि टुँडिखेल पुगेका चलचित्र रामकहानीका कलाकारहरुले नेताहरुसँग तालमा ताल मिलाउँदै देउडा नाचेका छन ।
सोमबार साँझ टुँडिखेलमा आयोजना भएको गौरा पर्वमा पुजा शर्मा, आकाश श्रेष्ठ जीतु नेपाल, राजाराम पौडेललगायतका कलाकारहरु पुगेका थिए । जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता भिम रावल लगायतसँग कलाकारहरुले देउडा नाचेका हुन ।
त्यसो त गौरा मनाउन आएका दर्शकहरु माझ पुजा र आकाशले रामकहानीको बारेमा जानकारी दिदै चलचित्र हेर्न आग्रह गरेका थिए । उक्त अवसरमा दर्शकहरुले पुजा र आकाशसँग सेल्फि खिच्न तछाड मछाड गरेको दृष्य समेत देख्न सकिन्थ्यो । त्यसो त दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त स्थानबाट बाहिरीन कलाकारहरुलाई हम्मे हम्मे परेको थियो । कतिपय अवस्थामा भने उपस्थित भिडमाझ आकाशले पुजालाई सुरक्षा दिदै बाहिर निकालेका थिए ।
सुदर्शन थापा निर्देशित चलचित्र रामकहानी शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
