Missing Movie Online

‘दान्भी’को सुखद सुरुवात, हलमा देखियो पुजाको क्रेज

२०८१ आषाढ ७
‘दान्भी’को सुखद सुरुवात, हलमा देखियो पुजाको क्रेज

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘दान्भी’ले सुखद सुरुवात गरेको छ । खासगरि काठमाडौंका मल्टिप्लेक्सहरुमा चलचित्रको ब्यापार अब्बल देखिएको हो ।

शुक्रबार बिहानैबाट चलचित्रका कलाकारहरु हलहरुमा दर्शक भेट्न पुगेका छन् । जहाँ उनीहरुले सुखद प्रतिक्रिया पाएका छन् । हलहरुमा खासगरि पहिलो पटक एक्सन भूमिकामा काम गरेका कारण पनि अभिनेत्री पुजा शर्माको क्रेज देखिन्छ । लभस्टोरी चलचित्रमा सफल अभिनेत्री पूजाका लागि एक्सन भूमिकामा पनि सफल हुनु उत्तिकै जरुरी छ । यसअर्थ उनी पनि प्रचार प्रसारमा निकै लागिपरेकी थिइन । 

शुक्रबार राजधानीका बिभिन्न हलहरुमा पुजा पुग्दा उनको क्रेज राम्रै देखिएको हाम्रा सम्बादाताहरुले जनाएका छन् । कतिपय शोहरु त पुजाका फ्यानहरुले पुरै बुक गरेको समेत पाइएको छ । चाबहिलको एफक्यूब हलको बिहानी शो त पूजाको फ्यान क्लबले नै ‘बुक’ गरेको थियो । जहाँ उनी स्वयं उपस्थित भएर फ्यानप्रति आभार व्यक्त गरिन् । यस्तै बनेपाको शुभकामना हलमा पनि पुजा उपस्थित भएर दर्शकलाई आभार ब्यक्त गरेकी छिन । पुजा जुन जुन हलमा पुगिन ति सबै हलमा सउनको नामको हुटिङ्ग समेत भएको थियो ।

रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

चलचित्रमा सन्जोग  राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।

Jwai Sap
Aktor
Kumari Bank