चलचित्र ‘माइली’मा प्रियंका कार्की अनुबन्धित
चलचित्र ‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । निर्माण टिमले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र सत्य घटनामा आधारित हुने निर्देशक बलामीले जनाएका छन् । महिलाको पीडा चलचित्रमा प्सतुत गरिने भन्दै निर्देशक बलामी भन्छन् – ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ ।’ असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
चलचित्रमा निर्देशक बलामीको कथा, शंकर अधिकारी ‘घायल’को पटकथा र सम्बाद रहने छ । यस्तै घायलकै गीत र राजेन्द्र बजगाइको संगीत रहनेछ ।
Latest Updates
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 15)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev