‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा सँगै प्रियंका अनुबन्धित
चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का पछि अर्की अभिनेत्री प्रियंका कार्कीको पनि प्रवेश भएको छ । शुक्रबार खड्कासँगको सम्झौता बारे सार्वजनिक जानकारी दिएको निर्माण टिमले आइतबार कार्की पनि अनुबन्धित भएको जनाएको छ । यद्यपी दुवै अभिनेत्रीसँग गत साता नै कागजी सम्झौता गरिएको जानकारी प्राप्त भएको छ ।
दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा यसअघि अभिनेताद्वय हरिवंश आचार्य र प्रकाश सपूत अनुबन्धित भइसकेका छन् । चलचित्रको शिर्ष भूमिकामा अभिनेता आचार्यको अभिनय रहने छ ।
अभिनेता आचार्यकै पटकथा तथा संवाद रहने चलचित्रलाई गायक सरोज ओलीले निर्माण गर्नेछन् । माघको दोस्रो सातादेखि काभ्रेबाट चलचित्रको छायाँकन थालिने जनाइएको छ । चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
