‘प्रेमनाथ’को ट्रेलर सार्वजनिक
चलचित्र ‘प्रेमनाथ’को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पोस्टर र ट्रेलर सार्वजनिक गरिएको हो । २५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको चलचित्रको ट्रेलरमा एक्सन र लभस्टोरीलाई स्थान दिइएको छ ।
गणेश बेलवासेको निर्देशन रहेको चलचित्रमा उनका साथै सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पुजा रिजाल, सिर्जना राईलगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्रबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् ।
चलचित्रमा गुहेश्वरी बेलबासे निर्माता, कपिलप्रसाद द्वा कार्यकारी निर्माता र बसन्तराज भट्ट र मिलन राई सह–निर्माता रहेका छन् । भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत, रजिन पाठकको नृत्य र सुमिन कार्की, सुरज पाण्डे तथा सञ्जय सहानीको छायाँकन रहेको चलचित्र चैत २२ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
