चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक

भदौको ३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । २ पुस्ताको प्रेम कथा भन्ने चलचित्रमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनालको मुख्य भूमिका रहेको छ । चलचित्रमा सुरक्षा पन्तले विशेष भूमिकामा अभिनय गरेकी छिन् । चलचित्र बेनिशा हमाल र तेज गिरिले निभाएको मुख्य दुई पात्र बिच घुमेको छ ।
तेजलाई पर्खिएर हरेश खाएपछि जीवनलाई नयाँ मोडलमा पुर्याएकी एक यूवतीको भूमिकामा बेनिशा छिन् । चलचित्रमा राइडर प्रशान्त र सुप्रिया खनालको प्रेम कथा पनि रोचक रुपमा देखाइएको छ ।
परिच्छेद सेनको निर्देशन रहेको चलचित्रमा बेनिशा, तेज, प्रशान्त र सुप्रियाका अलवा सम्पदा बानियाँ, सिम्रन खड्का, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।
परिच्छेदकै लेखन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो ।
Latest Updates
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki