Mansara

‘प्रेमा’को गीतमा रोमान्टिक शुभेक्षा र अरुण

२०७९ फागुन ५
‘प्रेमा’को गीतमा रोमान्टिक शुभेक्षा र अरुण

चलचित्र ‘प्रेमा’मा समाबेश ‘मन मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै संगीत रहेको छ ।

वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्ध जस्ता पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको गीतमा चलचित्रका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । चैत १७ गते बाट प्रदर्शनमा आउने चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल लगायतको अभिनय छ ।