‘प्रेमगीत ३’को छायाँकन सुरु
चलचित्र ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत ३’को छायाँकन सुरु भएको छ । राजधानी नजिकैको दक्षिणकाली मन्दिरमा पुजाआजा सहित चलचित्रको शुभमुर्हुत गर्दै छायाँकन आरम्भ गरिएको हो ।
राजधानीकै किर्तिपुरमा चलचित्र छायाँकनका लागि भव्य सेट निर्माण गरिएको छ । त्यही सेटबाट छायाँकन आरम्भ गरिएको हो । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहने चलचित्रको छायाँकन राजधानी पछि मनाङमा गरिनेछ ।
निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ ।
आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुन चलचित्रलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन् । उनीसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले निर्माणमा सहकार्य गरेका छन् । चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्र चैत २८ गते प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
