‘प्रेमगीत ३’को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक
चलचित्र ‘प्रेमगीत ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा कलाकारहरु प्रदीप खड्का, क्रिष्टिना गुरुङ, माओत्से गुरुङ र सुनिल थापा फिचर्ड छन् ।
मनाङमा छायांकन गरिएको गीत बजारमा चलेका भन्दा भिन्न छ । दुई सय वर्ष पुरानो प्रेमकथा भनिएको चलचित्रको गीतमा प्रयोग भएका पहिरण र भेषभुषा आकर्षक छन ।
सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत, मेलिना राई र सागर आलेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
चैत २८ गतेबाट प्रदर्शन हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन । चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका निर्माता सन्तोष सेन हुन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
