प्रेम दिवसको दिन चलचित्र ‘प्रेम दिवस’को पोस्टर सार्वजनिक
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारि चलचित्र ‘प्रेम दिवस’को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेललाई स्थान दिइएको छ ।
चलचित्रमा प्रियंका, आयुष्मान र विशालका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
रियल मोसन पिक्चर्स र एस. एन. प्रोडक्सन प्रा. ली.को ब्यानरमा सञ्जय न्यौपानेले निर्माण गरेको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन भने रमेश चौधरी र उत्सव दाहाल सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत र बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । अगामी वर्षको जेष्ठ ३ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
