Mansara

‘प्रसाद २’को ट्रेलर सार्वजनिक

२०७९ फागुन १९
‘प्रसाद २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत २४ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि मुख्य पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।

यो २०७५ सालको हिट फिल्म ‘प्रसाद’को सिक्वेल हो । चलचित्रको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र !’ राखिएको छ । यो श्लोगान ‘प्रसाद’मा समावेश लै लै... गीतको एक अंश हो । 

चलचित्र ‘प्रसाद’को सिक्वेल भएपनि कलाकारहरु हेरफेर छन् । बाबुराम पात्रमा विपिन कार्कीकै अभिनय देख्न सकिन्छ भने निश्चल बस्नेतले निभाएको रमेश पात्रका रुपमा यसपटक अर्पण थापा र नम्रता श्रेष्ठले निभाएको नारायणीको भूमिकाकामा केकी अभिकारीले अभिनय गरेका छन् ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतको पनि अभिनय छ । सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता सुभाष थापा हुन् । सुशिल पौडेलको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठका छायाँकन, विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ ।