‘प्रसाद २’को निर्माणको औपचारिक घोषणा

२०७९ आषाढ १७
‘प्रसाद २’को निर्माणको औपचारिक घोषणा

चलचित्र ‘प्रसाद २’को निर्माणको औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानीमा बिहिबार आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भुमिका रहने चलचित्रमा अर्पण थापा र राज कटुवालको पनि अभनय रहने छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । दिनेश राउतको निर्देशनमा २०७५ सालमा प्रदर्शनमा आएको व्यवसायिक तथा समिक्षागत हिसाबले सफल चलचित्र हो ‘प्रसाद’ । सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले निर्देशनमा सुदर्शनलाई भित्राएको जनाएको छ ।

सुशील पौडेलको लेखन रहने चलचित्र सुभाष थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । चलचित्रका निर्मातामा सुभाष थापा र केशव पाण्डे रहेका छन् । निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने विश्वास व्यक्त गरे । लेखक पौडेलले यो चलचित्र नाम मात्रैको सिक्वेल नहुने बताए । ‘जहाँबाट प्रसादको कथा सकिएको छ ‘प्रसाद २’ त्यहिँबाट सुरु हुनेछ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै चलचित्रको केन्द्र हो’, पौडेलले भने । चलचित्रलाई तिहारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

LPT
Mansara