‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक
चलचित्र ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सन्तोष प्रगाढको संगीत, दिनेश सुवेदीको शब्द र शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर रहेको छ । चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी रहेको छ ।
आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई बद्री साह, अनिल गिता र रवि राज आचार्यले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा शिवानी बलामी छिन् ।
चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी रुपशराज खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
