चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
फागुन २७ शिबरात्रीको दिनबाट छायाँकन शुरु हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । बिकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहने छ ।
जुम्लाको निम्न वर्गीय परिवारको युवाले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा चलचित्र निर्माण हुनेछ ।
महेन्द्र अधिकारीको निर्माण रहने चलचित्रमा अनुप बरालको कास्टिङ डाइरेक्टर, तारा प्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माको संगीत, उत्तम न्यैपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, जीवन थापाको सम्पादन र राजेश श्रेष्ठको छायाँकन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको चलचित्रलाई आरआर फिल्मस्का तर्फबाट रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
