Mahajatra

‘प्रकाश’को ट्रेलर सार्वजनिक

२०७९ श्रावन ३
‘प्रकाश’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट १४ सेकेण्ड लामो ट्रेलर मुख्य पात्र प्रकाशकै वरिपरि घुमेको छ ।

जनयुद्धमा बेपत्ता भएको श्रीमान÷बुबा फर्कने आशमा बसेका आमा छोराका माध्यमबाट चलचित्रको कथा भनिएको छ । जहाँ शिक्षक बन्ने लक्ष्य राखेर अघि बढिरहेको एक युवाले गर्ने संघर्ष र छोराको सपना पुरा गर्न आमाले गरेको त्याग र संघर्ष देखाइएको छ । 

सपना र समस्या बिचको पुल तर्न गर्ने संघर्षका माध्यमबाट नेपालको शासकिय ब्यवस्थामाथी पनि प्रश्न उठाइएको छ । सपना पुरा गर्न उच्च पदस्थ आफन्त वा पैसा विना के सम्भव छ त ? चलचित्रले अर्को प्रश्न पनि उठान गरेको छ । जनयुद्धको पृष्ठभूमि भएपनि चलचित्रले बर्गिय द्वन्द्वको कथा भनेको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।