चलचित्र निर्देशनमा कमब्याक गर्दै प्रकाश सायमी

प्रकाश सायमीले चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनले स्वरसम्राट नारायण गोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरेका हुन् ।
पोखरामा आयोजित ‘स्वरसम्राट नारायण गोपाल’ पुस्तक सार्वजनिक समारोहमा सायमीले चलचित्र निर्माणको तयारी गरिरहेको जानकारी दिए । ‘स्वरसम्राट नारायण गोपाल’ पुस्तकका लेखक सायमीले यस पुस्तकमा समाबेश ९९ प्रतिशत विषय र प्रसंगहरु सत्य भएको समेत दाबी गरेका छन् । उनले यसै पुस्तकका आधारीत भई चलचित्र निर्माण हुने समेत बताए ।
सञ्चारकर्म र चलचित्र निर्देशनसँगै साहित्यीक क्षेत्रमा पनि सक्रिय सायमी नेपाली चलचित्र तथा संगीतका एक अध्येता समेत हुन् । उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केहि विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।
यदी यो चलचित्र निर्माण भएमा २५ वर्षपछि चलचित्र निर्देशनमा सायमीको पुनरागमन हुनेछ । सन् १९९९ मा रिलिज भएको चलचित्र ‘हतियार’ पछि सायमीले चलचित्र निर्देशन गरेका छैनन् । उनले ‘पृथ्वी’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’, ‘रानीखोला’ र ‘हतियार’ गरि ६ वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal