प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् ।
गीतलाई हटाउन र माफी माग्न भन्दै माओबादीका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले चेतावनी दिइरहदा प्रचण्डको यस्तो अभिब्यक्ति आएको हो । आज बिहान धनगढीमा प्रत्रकारहरुको प्रश्नको जवाफ दिदै त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताएका हुन् ।
प्रचण्डले भने– ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर, माओवादी आन्दोलनको एउटा पाटोको बारेमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’
प्रचण्डले आफुले उक्त गीतबारे सुने पनि कार्य ब्यस्तताले गर्दा पुरै हेर्न नपाएको बताएका छन् । यद्यपी प्रकाश सपुतले सृजनात्मक ढंगले गीत रचना गर्ने गरेको भन्दै उनको प्रसंसा गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
