पोष्टर सेयर गर्दै रेणुले गरिन प्रदिपको प्रसंसा

थुप्रै सफल नाटकमा अभिनय गरिसकेकी रेणु योगीले चलचित्र ‘प्रकाश’बाट ठुलो पर्दामा डेब्यु गर्दैछिन । उनले डेब्यु चलचित्रमै पछिल्लो पुस्ताका स्टार प्रदिप खड्कासँग स्कृन सेयर गरेकी छिन ।
भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रमा रहेको रेणुको क्यारेक्टर लुक्स पहिलो पल्ट सार्वजनिक भएको छ । आफु र प्रदिप प्रस्तुत पोष्टर सार्वजनिक गर्दै रेनुले प्रदिपको प्रसंसा गरेकी छिन । प्रदिपलाई स्टार भन्दै उनले आफुले ‘प्रकाश’मा सँगै काम गर्दा उनीबाट प्रभावित भएको बताएकी छिन ।
सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै रेणुले प्रदिपले सुरुवात देखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर आफु प्रभावित भएको उल्लेख गरेकी छिन ।
कलाकारितामै रहे पनि रंगमञ्चबाट चलचित्रमा आएका कारण रेणुका लागि यो माध्यम र यसका प्रकृयाहरु केही नौलो अवश्य थियो । उनले निर्देशक दिनेश राउत सहित अन्य सहकर्मीहरुको सहयोगले आफुलाई फरक माध्यममा काम गर्दैछु भनेर असहज महशुस नभएको पनि जनाएकी छिन । कलाकारिता जीवनमा आफ्ना लागि यो चलचित्र ‘माइलस्टोन’ रहने पनि उनले उल्लेख गरेकी छिन ।
सम्पूर्णमा नमस्कार,
"एउटा कलाकार र 'स्टार'को बिचमा के भिन्नता होला ?" यो प्रश्न सधैँ जसो मेरो मन-मस्तिष्कमा उब्जने गर्थ्यो ।
रङ्गमञ्च देखि चलचित्र सम्मको मेरो अभिनय यात्रामा, मैले थुप्रै असल सहकर्मी कलाकार र गुरुहरुसंग काम गर्ने र सिक्ने मौका पाएकि छु । यो आफैमा एउटा सौभाग्य पनि हो । तर, प्रकाश चलचित्रमा काम गर्दा भने मैले बिलकुलै नयाँ अनुभव बटुल्ने मौका पाएकिछु भन्दा फरक नपर्ला ।
झट्ट परबाट हेर्दा धेरै प्रश्नहरु उब्जिएका थिए "के स्टारहरु पनि हामी जस्तै मेहनत र सङ्घर्ष गर्न नडराउने, जुझारु कलाकारहरु होलान् र ?" वा "ती छुट्टै भुगोलबाट उछिट्टिएका अलग्गै जीवहरु हुन् ?" संचार माध्यम देखि दर्शक सम्मले 'स्टार' मानिसके पछि त धेरैलाई शिखर चुमिसकेको र सायदै त्यहाँ टिकिराख्न थप केही गर्नु पर्छ भन्ने भ्रम हुने थियो होला । तर, प्रदिप खड्कासंग जोडी बाँधिएर सहकार्य गर्दा, मेरो सबै प्रश्नहरुको उत्तर मैले आफै पाएँ । सुरुवात देखि नै कथा, पात्र र चलचित्रलाई नै लिएर वहाँको उत्साह, मेहनत अनि लगन देखेर म आफै पनि निकै प्रभावित भएकिछु ।
रङ्गमन्च र चलचित्र बिलकुलै फरक माध्यम मात्र नभएर, यहाँ काम गर्ने प्रक्रियाहरु सम्म पनि केही फरक हुन्छन् भन्ने मलाइ थाहा थियो, तर कलाको साधना त हरेक विधामा लगभग उस्तै नै हुन्छन् । अनुप बराल गुरुबा, निर्देशक दिनेश राउत सर, दिया मास्के गुरुआमा, प्रदिप खड्का ,प्रकाश् घिमिरे सर लगायत सम्पूर्णले जुन रुपमा मलाइ सहजै चलचित्रमा अपनाउनु भयो, मलाइ कहिल्यै पनि म फरक माध्यममा काम गर्दैछु भन्ने अनुभव नै भएन। एउटा राम्रो चलचित्र बनाउने उद्देश्य सहित हामी सबैले मिलेर जुन उत्साह र जाँगरका साथ काम गरेकाछौँ, मलाइ लाग्छ यो कलाकारको रुपमा मेरो लागि एउटा थप 'माइलस्टोन' हो। चलचित्र प्रकाश पनि दर्शकहरुका लागि 'माइलस्टोन' बनोस, हाम्रो प्रयास यति नै हो ।
This cinema is not just a cinema for me, it's a lifetime worth of learning experiences that I'll never be able to express in words.
Thanks a million for this beautiful journey my team Prakash.
See you in cinemas on Bhadra 10
Full love,
Renu Nath Yogi
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal