प्रदिप भन्छन् – ‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको छ
अभिनेता प्रदिप खड्काले आफ्नो चलचित्र ‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको बताएका छन् । भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रको प्रचारको क्रममा बुटबल पुगेका प्रदिपले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
देशमा दशौं वर्ष शशस्त्र जनयुद्ध भएको र त्यसको बलमा ब्यवस्थानै परिवर्तन भएको भएपनि उक्त ब्यवस्थाका केही कमजोरीहरुले अर्को बिद्रोह ल्याउन सक्छ भन्ने कुरा चलचित्रमा दोखाइएको प्रदिपको भनाई छ । परिपक्क सुनिएका प्रदिपले व्यवस्थाको सम्मान गर्दै त्यसका कमीकमजोरीहरु सुधार्न भने ढिला गर्न नहुने बताए ।
चलचित्र पनि एक साहित्य भएको र साहित्यले भविष्यको प्रेडिक्सन गर्न सक्नु र आफु त्यसको हिस्सा हुन पाउनु नै खुशीको कुरा भएको उनको भनाई छ । यही कारण आफु चलचित्रमा आवद्ध भएको उनले बताए । यही विषय भन्न लेखकले पुस्तक लेख्न सक्ने वा अन्य माध्यमहरु अवलब्वन गर्न सक्ने भए पनि चलचित्र नै रोक्नुको कारण यसले प्रस्तुत गर्ने विषय धेरै दर्शकमाझ पुगोस् भन्ने नै रहेको प्रदिपको भनाई छ । उनले चलचित्रले सामाजिक विषय उठान गरेको भएपनि ब्यवसायिक चलचित्र बनेको बताए ।
यता चलचित्रकी अभिनेत्री दिया मास्केले आफ्ना लागि प्रकाशको पात्र निकै टफ रहेको जनाएकी छिन । अहिले सम्म प्रायः चुनौतिपूर्ण भूमिकामै काम गरेको भएपनि प्रकाशको पात्र आफ्ना लागि निकै चुनौतिपूर्ण रहेको उनको भनाई छ । आफुले चलचित्र युनिट जानु अघि नै जुम्ला पुगेर त्यहाँको रहनसहन र भाषा तथा लवज सिकेको उनले बताइन । काठमाडौंमै जुम्लाको भाषा र लवज सिकेको भएपनि आफु युनिट भन्दा दुई हप्ता अघि देखि जुम्ला पुगेर त्यहाँको रहन सहन र बोलिचालि थप सिकेको उनले जनाएकी छिन । आफुले चलचित्रले निभाएको पात्रको सपना नै उसको पविारको सपना भएको उनको भनाई छ । त्याग, सहनशिलता, धैर्यता, जिम्मेवारी के हो त्यो सिताको पात्रले बुझाउने उनले जनाइन ।
यस्तै अर्की अभिनेत्री रेणु योगीले प्रकाश आफ्ना लागि अर्थपूर्ण रहेको जनाएकी छिन । यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेकी रेणुले जुम्लाको एक युवतिको भूमिकामा काम गरेकी छिन । चलचित्रका लागि आफुले पनि त्यहाँको भाषा सिक्ने देखि रहन सहन, हिड्ने बोल्ने सबै तरिका सिकेको बताइन ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
