Mahajatra

दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा

२०७७ कार्तिक ७
दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा

निःसन्तान दम्पतिको कथामा ‘प्रसाद’ जस्तो गम्भिर विषयको चलचित्र बनाएका दिनेश राउतको निर्देशन रहने चलचित्रको नाम ‘प्रकाश’ तय भएको छ ।

लामो समय देखि चर्चामा रहेको दिनेश राउत, प्रदिप खड्का र विकास सुबेदीको टिमअपसँगै चलचित्रको नाम तय भएको हो । निर्देशक राउतका अनुसार उनले ‘प्रकाश’मा दुर्गम भेगको एक पात्र मार्फत गम्भिर विषयको उठान गर्ने छन् । दुर्गम भेगको एक पात्रले देख्ने सपना माथी चलचित्रको कथा आधारित रहने छ । विकास सुबेदीको कथा, पटकथा र सम्बाद रहने चलचित्रको हाल लेखनको कार्य अन्तिम चरणमा पुगेको छ । पत्रकारितामा सक्रिय सुबेदीका अनुसार पछिल्लो एक वर्ष देश दौरानका क्रममा कर्णाली पुग्दा आफुले देखेको र बुझेको वास्तविकतालाई चलचित्रमा देखाउन लागिएको हो ।

लभ स्टोरीमा मात्र नभई अन्य विषयमा पनि आफुलाई अब्बल सावित गरेका निर्देशक राउतले ‘प्रसाद’ पछि आफु जीवन र माटोको कथाको खोजिमा रहेको र त्यही समय सुबेदीले यो कथा सुनाउदा यसले बहुसंख्यक नेपालीको कथा भनेको अनुभुत गरि चलचित्र बनाउन लागेको जनाएका छन् । उनले धेरै नेपालीहरुले भोगीरहेको तर, नभनिएको कथा भएकोले पनि यो विषय रोजेको जनाए ।

यही चलचित्र लागि कलाकार प्रदिप खड्काले अभिनयको कक्षा समेत लिएका छन् । खड्काले पोखरा पुगेर प्रशिक्षक अनुप बरालसँग २ महिने अभिनयको कक्षा समेत लिइरहेका छन् ।

सरकारले अनुमति दिएमा तिहार लगत्तै छायाँकनमा जाने चलचित्रलाई अष्ट्रेलियाका एनआरएन महेन्द्र अधिकारीको निर्माण गर्नेछन् भने कार्यकारी निर्माता विकास सुबेदी हुन । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहने छ । अनुप बराल चलचित्रका काष्टिङ डिरेक्टर हुन ।