Mansara

प्रदीपलाई भेट्न ५ सय ७४ किलोमिटर दुरी, १२ घण्टाको यात्रा

५ महिनामा १५ सय म्यासेज, यस्ता छन् प्रदिपका फ्यान !

२०७५ भाद्र २०

कुरा १४ गते विहिबारको हो । चलचित्र रोजको प्रमोशनका लागि नायक प्रदिप खड्का पोखरा पुगेका थिए । प्रदिप पोखरा पुग्नु अघि नै उनी त्यहाँ आउने र प्रमोशनल कन्सर्टमा सहभागी हुने कुरा चारैतिर फैलिइसकेको थियो । न फैलियोस् पनि कसरी प्रदिपको क्रेज यति बिघ्न देखिन्छकी, उनका गतिबिधी प्रति आम दर्शकको चासो हुनु स्वभाविक नै भयो ।

पोखरा र आसपासका क्षेत्रहरुमा प्रदिप आउने खबरले उनका प्रसंसकहरुमा उत्साह जागेकै थियो । जुन कुरा पोखरामा भएको उनको कार्यक्रममा सहभागीसंख्याले पनि जनाउँछ । तर पोखरा भन्दा ५ सय ७४  किलोमिटर टाढा अर्थात झापा सम्म उनी पोखरा पुग्ने खबर भाइरल भएको थियो ।

पोखरा पुगेका प्रदिप चलचित्रको प्रमोशनका लागि प्रेस मिट, एजुकेशनल कन्सल्टेन्सी, कलेज अनि कन्सर्टमा सहभागी भए । सिद्धार्थचोकमा रहेको एक एजुकेशनल कन्सल्टेन्सीमा युवा बिद्यार्थीहरुमाझ उनी आफ्नो चलचित्रको बिषयमा कुरा गर्दै थिए । हो यही भेटिइन एक बिशेष फ्यान ।

उनी यस अर्थ अरु भन्दा भिन्न र बिशेष थिइन किन की उनी प्रदिपलाई भेट्न ५ सय ७४ किलोमिटरको यात्रा तय गर्दै झापाबाट १२ घण्टामा पोखरा आइपुगेकी थिइन । मात्र प्रदिपलाई भेट्न ।

यसरी हिरोलाई भेट्नकै लागि १२ घण्टाको यात्रा गर्ने युवती हुन प्रमिला गैरे । प्रमिलाले पहिलो पटक प्रदिपको चलचित्र चलचित्र प्रेमगीत हेरेकी थिइन । यो चलचित्र हेरेसँगै उनी प्रदिपको फ्यान भइन । प्रमिला परिन झापाकी अनि प्रदिप झापा पुगेको उनलाई थाहा छैन । हुन पनि हो नेपाली चलचित्रको प्रमोशनका लागि केही मुख्य शहरहरुका चलचित्रका कलाकारहरु पुग्ने गरेपनि सबै तिर पुग्ने गरेका छैनन् । त्यसैले प्रमिलाले प्रदिपलाई भेट्न त परैको कुरा नजिकबाट देख्न समेत पाएकी थिइनन् ।

हुन त प्रदिप झापा नजिकैका शहरहरुमा नपुगेका होइनन् तर प्रमिलाका लागि प्रदिलाई भेट्ने अवसर जुरेकै थिएन, यसअघि । यसपटक पोखराकै एक साथीले उनलाई प्रदिप बिहिबार पोखरा आउँदैछन् भन्ने जानकारी दिए । यही खबर प्रमिलाका लागि प्रदिपलाई भेट्ने एउटा शुत्र बन्यो । प्रदिप पोखरा आउँदेछन् भन्ने खबरकै भरमा हिरो भेट्ने उच्च अभिलाषा सहित उनले झापा बाट तय गरिन, पोखराको यात्रा । नभन्दै ५ सय ७४ किलोमिटरको दुरी पार गर्दै पोखरा आएकी प्रमिलाको इच्छा पुरा भयो । उनले प्रदिपलाई भेटिन अनि उनीसँग तस्विरसमेत खिचाइन । प्रदिपलाई भेट्न पाँउदा प्रमिला निकै प्रफुल्लित देखिन्थिन । वर्षौको सपना पुरा भए जस्तो । प्रदिपका कुनै पनि चलचित्र र अन्र्तवार्ताहरु हेर्न नछुटाएको बताउने उनको मोबाइल भरी प्रदिपका तस्विर अनि भिडियो छन् । अनि कण्ठ छन् प्रदिपले चलचित्रमा बोलेका सम्बादहरु ।

यता प्रदिप पनि प्रमिला जस्तो फ्यानलाई भेट्न पाउदा निकै खुशी लागेको बताउँछन् । आफुले अहिलेसम्म यस्तो फ्यान नभेटेको उनको भनाई छ । प्रदिप भन्छन् – मैले धेरै फ्यानहरुलाई भेटेको छु, कतिले चिठी लेखेका छन्, मोबाइलमा तपाईंलाई धेरै माया गर्छु भन्ने म्यासेस गरेका हुन्छन् तर भेट्नकै लागी यति लामो यात्रा गरेर आएको पहिलो पटक देखें ।

बिहिबार प्रदिपलाई भेट्न पोखरा आएकी प्रमिला शुक्रबार नै झापा फर्केकी छिन ।

प्रमिला मात्र हैन पोखरामै भेटिएकी सलिना शर्मा पनि प्रदिपको बिशेष फ्यान थिइन । जसले ५ महिनाको अबधीमा प्रदिपलाई १५ सय भन्दा बढी म्यासेजहरु गरेकी छिन । निकै मेहनत गरेपछि उनले कसो कसो प्रदिपको मोवाइल नम्बर त पाइन तर प्रदिपबाट कुनै पनि म्यासेजको रिप्लाई पाइनन् ।

गएको ३० मार्चबाट प्रदीपको फेसबुक र इन्टाग्राममा थुप्रै म्यासेज तथा मोबाइलमै पनि १५ भन्दा बढी म्यासेज गरिन सलिनाले । ति सबै सुरक्षित छन् उनीसँग । ‘म तपाईको ठुलो फ्यान हो प्लिज रिप्लाइ गर्नुन भनेर थुप्रै म्यसेज गरेकी थिएँ तर अहिलेसम्म रिप्लाइ गर्नुभएन’ पोखरा लेकसाईड घर भएकी प्रमिलाले भनिन् । त्यसो त उनले पनि मिडिया मार्फत नै पोखरामा बिहिबार प्रदिप आउँदैछन् भन्ने खबर पाइन । चलचित्र रोजको प्रमोशनका लागि मिड टाउन सिनेमा हल पोखरामा पत्रकार भेटघाट कार्यक्रम थियो । सलिना त्यही आइपुगिन । जहाँ उनले प्रदिपलाई प्रत्यक्ष भेटिन अनि तस्विरसमेत खिचाइन । प्रदिपलाई भेट्न पाउदा उनी निकै खुशी थिइन । ‘आज भेटन् पाउँदा निकै खुसी लाग्यो, नसोचेको कुरा पुरा भएको छ’ सलिनाले भनिन् । प्रदीपले पनि म सलिना हो भन्दै धेरै म्यासेज आएको तर नचिनेकाले रिप्लाई नगरेको बताए । ‘मलाई फेसबुक तथा मोबाइलमै पनि धेरै म्यासेज आउँछन् त्यसैले रिप्लाई गर्न पाएको थिएन, सलिना सबै कुरा भनेपछि मोबाइल चेक गर्दा १५ बढी म्यासेज आएको रहेछ’ प्रदीपले भने । तत्काल उनले सलिनालाई आफ्नो फेसबुकमा साथी बनाए । यति मात्र होइन प्रदीपले आफुलाई निकै माया गर्ने फ्यानहरुका लागी ‘पिके क्लोज ग्रुप’ नामको फेसबुक ग्रुप बनाएर कुराकानी गर्दै आएका रहेछन् । सलिना पनि प्रदीपको उक्त ग्रुपमा जोडिइन ।

प्रदिप खड्का अभिनित चलचित्र रोज यही शुक्रबारबाट प्रदर्शनमा छ । उक्त चलचित्रको प्रमोशनका लागि उनले देशका मुख्य शहरहरुमा प्रमोशनल टुर सम्पन्न गरेका छन् ।

Mahajatra