अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको जनाइएको छ ।
चलचित्रको प्रमोसनका लागि हाल नेपाल आइनपुगेका पौडेलले आफ्नो अभिनय यात्रा, चलचित्रमा जोडिनुको कारणदेखि लिएर विदेशको व्यस्तताबीच सुटिङ गर्ने अनुभवसम्म खुलेर बताए ।
शोभित बस्नेतले अष्ट्रेलियामा चलचित्रका लागि अडिसन लिइरहेका बेला उनी सहभागी भएका थिए । सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको दौरान उनको भेट बस्नेत कि छोरी सलिनासँग भएका थियो । उनैले म्यासेज गरेर पौडेललाई अडिसन बारे जानकारी दिएकी थिइन । अभिनयमा रुचि राख्ने पौडेल अडिशनमा सहभागी भए ।
अडिसनबाट छनौट भएपछि उनलाई समय व्यवस्थापनको पिरलो थियो । तर, स्कृप्ट पढी सकेपछि उनले चलचित्रमा काम गरि छोड्ने अठोट लिए । पौडेलका अनुसार कथाको ९९ प्रतिशत भाग आफ्नै जीवन भोगाई जस्तै रहेछ । उनले स्कृप्ट पढ्दै जाँदा अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटे । यता निर्देशक बस्नेतले पनि उनमा आत्मविश्वास थप्दै गए ।
पौडेलका अनुसार चलचित्रको स्क्रिप्टमा समाजमा सन्देश दिने गहिरो कथा छ । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा छर्लङ्ग देखिन्छ । यो विषय बोलिनै पर्ने लागेर आफु जोडिएको उनी बताउँछन् ।
त्यसो त पौडेलले यसअघ नै अभिनयको क्लस लिई सकेको थिए । जसका कारण उनलाई अभिनयका आधारभूत कुराहरु थाहा थियो । त्यसमा बस्नेतजस्तो अनुभवी निर्देशकको सल्लाह र निर्देशनले काम गर्दा धेरै सहज भएको उनको अनुभव छ ।
‘पीआर’का लागि डेढ महिनाजति वर्कसप गरेर मात्रै छायाँकन थालिएको थियो । वर्कसपले क्यारेक्टरमा बस्न, संवाद बुझेको अनुसार प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गरेको उनको भनाई छ ।
अष्ट्रेलियाको व्यस्त दिनचर्यामध्ये सुटिङका लागि समय निकाल्न भने केही चुनौती थियो । यद्यपी उनी इच्छा भए सबै सम्भव हुने बताउँछन् । त्यो समयमा पढाइ, काम, मोडलिङ, क्रिकेट-सबै चलिरहेको थियो । तर, निर्देशक बस्नेतले सबै कलाकारको समय हेरेर सुटिङ तालिका मिलाइदिएकाले सुटिङ गर्न धेरै सहज भएको पौडेल बताउँछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

