‘पीआर’को गीत ‘तिमी छौ र त’ सार्वजनिक
शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले चलचित्रका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो।
शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्देशक बस्नेतले जनाए । गीतको भिडियो सलोमा युटुब च्यानलमार्फत रिलिज गरिएको हो। जहाँ अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ।
मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
चलचित्रको प्रमोसन र त्यहाँको हलमा रिलिजका लागि केहि दिनअघि निर्देशक बस्नेत अष्ट्रेलियामा उडेका थिए। उनी यतिबेला अष्ट्रेलियामा नै चलचित्रको प्रमोसनमा लागिरहेका छन्। गीतको भिडियो रिलिज गर्दै निर्देशक बस्नेतले भने ,‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’
उनका अनुसार चलचित्र ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।
सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ। चलचित्र यहि मंसिर २६ गतेबाट हलमा लाग्दैछ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
