शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्टआउट
मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। चलचित्रलाई मि. श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शन अधिकार खरिद गरेका हुन् ।
उनका अनुसार चलचित्रले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको माग अनुसार खरिद गरिएको हो। यसअघि चलचित्रको अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो । शो हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो बनेको भन्दै चलचित्र र निर्माण पक्षको प्रशंसा गरेका थिए।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रमा आर. ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी.र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यतिबेला निर्देशक बस्नेत यो चलचित्रको प्रमोसन र त्यहाँको हलमा चलचित्र रिलिजका लागि अष्ट्रेलियामा नै रहेका छन्। यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।
सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गरेका छन् भने वितरण आर आर फिल्मस्ले गर्दैछ। यस चलचित्रका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई पनि सुन्न सकिन्छ । सलोन सलिना चलचित्र्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
