अस्ट्रेलियापछि धम्पुसमा ‘पीआर’को छायाङ्कन
दोस्रो सेडयुल अन्र्तगत चलचित्र ‘पीआर’को छायाँकन धम्पुसबाट सुरु भएको छ । अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको चलचित्रको बाँकी छायाँकन कास्कीको धम्पुसबाट शुरु गरिएको हो ।
शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्रको छायांकन धम्पुसका अलवा पोखरा, चितवन लगायतका ठाउँमा हुनेछ । चलचित्रमा दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायललगायतको अभिनय छ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन् । चलचित्रमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद र सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
