२८ दिनमा सकियो ‘पीआर’को छायांकन
चलचित्र ‘पीआर’को छायांकनको सकिएको छ। २८ दिनमा चलचित्रको छायाँकन सकिएको जनाइएको छ । निर्देशक शोभित बस्नेतका अनुसार अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा चलचित्रको छायांकन सकिएको हो ।
पहिलो सेडयुल अन्र्तगत अष्ट्रेलिया र दोस्रो सेडयुलमा कास्कीको धम्पुसबाट छायांकन थालिएको थियो । निर्देशक बस्नेतले कथाको माग अनुसार नै अष्ट्रेलिया र नेपालमा चलचित्रको छायाँकन गरिएको जनाए । उनले भने – ‘मैले कथा अनुसार नै पिआरको छायांकन सकाएको छु ।’
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रले विदेशमा रहेका नेपालीको संघर्ष र नेपालबाट अभिभावकहरुले गर्ने आशा र भरोसाको कथा पेश गर्नेछ ।
चलचित्रमा दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायललगायतको अभिनय छ।
चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाह निर्माता रहेका छन् । चलचित्रमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद र सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
